अक्सिजनको उत्पादन भन्दा माग दोब्बर, विदेशबाट तरल अक्सिजनको आयात गर्ने तयारी

317SHARES

२९ बैशाख, काठमाडौं । नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भए पनि सात हजार दुई सय सिलिण्डर उत्पादन भइरहेको बताए ।

नौ वटा अक्सिजन प्लान्टले दैनिक यो परिमाणमा उत्पादन गरेका हुन् । कोरोनाको दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइ फ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको उनले बताए ।

अक्सिजनको उत्पादन र मागबीच ठूलो अन्तर छ । वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने उनले बताए । यस्तै उनले विद्युतबाट अक्सिजन र पुराना अक्सिजन प्लाण्ट मर्मत गरेर उत्पादनको तयारी थालेको बताए ।

उनले भने – ‘विदेशबाट तरल अक्सिजनको आयात चाँडै गरेर पनि यसको अभाव हुन दिदैनौँ ।’

उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको छ । प्लान्टमा समस्या भए नेपाली सेनाको टोलीले मर्मत सम्भार गरेर चलाउने छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण