५ माघ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवार सापकोटालाई बनाउने निर्णय गरेको हो ।
बैठकले सापकोटालाई एकमतले सभामुख उम्मेदवार बनाउने निर्णय गरेको नेकपा महासचिव विष्णु पौडेलले बताए ।नेकपाले सभामुख उम्मेदवारको नाम टुंगो लगाउन नसक्दा एक महिनादेखि संसद बन्धक जस्तै बनेको थियो । नेकपाले उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधि सभाले सभामुख पाउने बाटो खुलेको छ ।