१९ असोज, काठमाण्डौ ।
वरिष्ठ तथा अग्रज पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार निधन भएको छ ।
कलेजोमा देखिएको खराबीका कारण आचार्यको ६१ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । केहि समयदेखि उनी अस्पताल भर्ना भएका थिए ।
नेपाल टेलिभजनका पूर्व नायब महाप्रबन्धक तथा समाचार निर्देशक रहेका आचार्य न्युज २४ टेलिभिजनका समाचार प्रमुख थिए ।
उनी पत्रकारितासँगै प्राध्यापनमा पनि संलग्न थिए । उनका श्रीमती, एक छोरी छन् ।