एजेन्सी, चैत १९
बलिउड चलचित्र ‘दे दे प्यार दे’को ट्रेलर रिलिज भएको छ । मे १७ तारिखमा रिलिज हुने सो चलचित्रको ट्रेलर सोमबार रिलिज भएको हो ।
अजय देवगणको मुख्य भूमिका रहेको चलचित्रलाई अभिक बलीले निर्देशन गरेका हुन् । ट्रेलरमा अजयसँगै अभिनेत्रीद्धय तब्बु, रकुल प्रित सिंहको मुख्य भूमिका रहेको छ ।
डिभोर्स भइसकेको एक अधबैंसे पुरुष र टिनएज केटी बिचको प्रेम, रोेमान्स र पारिवारिक माहौललाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरको अनुसार अजय डिभोर्स भइसकेका पुरुषको भूमिकामा छन् ।
जसको प्रेम टिएएज गर्ल रकुलसँग हुन्छ र त्यहिबिच अजयको पुर्वःपत्नि तब्बुसँग भेट गर्छन् । यी तीन पात्र बिचको उतारचढावलाई ट्रेलरमा देखाइएको छ । लभ । चलचित्र लभ रञ्जन फिल्मस् र टि सिरिजको संयुक्त व्यानरमा निर्माण भएको हो ।