काठमाडौँ, चैत ६
प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित फिल्म हेर्न गएका छन्। प्रधानमन्त्री ओली बुधबार साँझ बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ हेर्न गएका हुन्।
राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए।
‘क्याप्टेन’ राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्याका विषयमा बनेको चलचित्र हो ।