अब जुत्ता नलगाई सवारी चलाए लाईसेन्स खारेज

0SHARES

११ आश्विन २०७५ नेपाल टाईम्स

दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् ।यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् ।

लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने ।

दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ ।

यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो ।यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

दसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो ।चालकले जुत्ता लगाएर नलगाएर जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।

विज्ञापन बक्स