अमेरिकामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिए

0SHARES

२० कार्तिक २०७७ नेपाल टाईम्स

२० कात्तिक, एजेन्सी ।

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का सङ्क्रमित पहिचान गरिएका छन् । बुधबार पछिल्लो चौबीस घण्टामा एक लाखभन्दा बढी सङ्क्रमितको पुष्टि भएको बीबीसीले जनाएको छ ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरससँग सम्बन्धित पछिल्लो चौबीस घण्टामा एक हजार एक सय सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । राष्ट्रपतिको लागि भएको मतदानपछिको गणनाले कोभिड–१९ संकट ओझेलमा परेको छ ।

अमेरिकामा हाल ५० हजार कोरोना सङ्क्रमित अस्पतालमा उपचारार्थ छन् । गत अक्टोबर महिनाको अपेक्षा अस्पतालमा भर्ना हुने सङ्क्रमितमा ६४ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्ला दिनहरुमा औसत मृत्युदर समेत बढेको छ । यद्यपि महामारी सुरु भएको समयभन्दा मृतकको संख्यामा कमी देखिएको छ । अमेरिकामा हालसम्म करिब ९५ लाख ब्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । दुई लाख ३३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

विज्ञापन बक्स