२३ कात्तिक, एजेन्सी । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि धाँधली नभएको संघीय निर्वाचन आयोगले प्रष्ट पारेको छ ।
संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले अहिलेसम्म कुनै पनि धाँधलीको प्रमाण फेला नपरेको प्रतिक्रिया दिएका हुन् । तर, राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरु उल्टाउने संकेत दिएका छन् । बाइडेनले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको निर्णय उल्ट्याउने तयारी गरेका छन् । त्यस्तै मुस्लिम बाहुल्य देशका आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध पनि हटाउने तयारी थालेको खबरमा उल्लेख छ ।