NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

अर्काको सम्पतिमा मोनोरेल बनाउँदै दुई महानगर !

आइतवार माघ २७ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
दुई वर्षमा मोनोरेल निर्माण सक्नेगरी चिनियाँ कम्पनीको प्रस्ताव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं ,माघ २७

२७ किलोमिटर लामो चक्रपथमा मोनोरेल बनाउन काठमाडौं र ललितपुर महानगरपालिकाले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेका छन् । तर दुई महानगरले जुन सडकमा मोनोरेल बनाउने भनेका हुन त्यो सडकको स्वामित्व भने अर्कैसँग छ ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको स्वामित्वमा रहेको चक्रपथमा मोनोरेल बनाउन दुई महानगरपालिका तम्सिएका छन् । तर सम्बन्धित मन्त्रालयसँग भने कुनै समन्वय नै भएको छैन् । ‘चक्रपथको स्वामित्व भौतिक मन्त्रालयको सडक विभागसँग छ, दुई महानगरपालिकाले मोनोरेल बनाउने भनेका छन् तर हामीसँग कुनै छलफल नै भएको छैन, हाम्रो सडकमा कसरी मोनोरेल बनाउने हुन ?’, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सह सचिवले भने ।

Advertisement

सडक विभागले एक ढंगले सञ्चालन गर्न लागिरहेको सडकमा मोनोरेल निर्माण गर्ने महानगरपालिकाहरुको निर्णय नै गलत भएको उनले बताए । त्यसो त रेल विभाग र लगानी बोर्डले समेत मेट्रो रेल निर्माण गर्न अध्ययन गरिरहेकाले पनि महानगरपालिकाको मोनोरेलको औचित्यमाथी नै प्रश्न उठेको पनि उनले बताए । ‘काठमाडौंका आवश्यकता मेट्रो हो की मोनो हो भनेर पहिले एकिन हुनुपर्छ, त्यसपछि सम्वद्ध सबैसँग समन्वय गरेर काम अघि बढाउनुपर्छ, यहाँ त एउटै सडकमा कसैले मोनो रेल बनाउने भनेका छन कसैले मेट्रो रेल’, ती सह सचिवले भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले भने भौतिक मन्त्रालयसँग आवश्यक समन्वय भैरहेको दावी गरे । ‘यो महानगरपालिकाले मात्रै निमार्ण गर्न सक्ने परियोजना होइन, केन्द्र, प्रदेश र स्थानीय तह मिलेर बनाउने हो, सबैसँग समन्वय हुन्छ’, काठमाडौं महानगरपालिकाका प्रवक्ता डंगोलले भने ।

पूर्वाधर विद आशिष गजुरेलले पनि सडक विभागसँग आवश्यक समन्वय नगरि मोनोरेल निर्माणको प्रक्रिया थाल्नु गलत भएको बताए । ‘चक्रपथको स्वामित्व सडक विभागसँग छ, विभागले त्यसको सञ्चालन कसरी गर्ने भन्ने योजना बनाईरहेको होला, अर्काे निकायले समन्वय नगरि मोनोरेल बनाउछु भनेर कस्तो विकास गर्न खोजेको हो ?’, गजुरेलले प्रश्न गरे ।

दुई महानगरपालिकाले यहि पुस ४ गते चिनियाँ कम्पनी सिआरसीसीलाई २७ किलोमिटर लामो चक्रपथमा मोनोरेलको डीपीआर बनाउन दिने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुई वटा महानगरपालिकाकै मेयरहरुले हस्ताक्षर गरेर अध्ययन अघि बढाएको परियोजनाको वास्तविक स्वामित्व भने अर्कैसँग छ । ६ महिनामा डीपीआर र त्यसको ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यसो त चक्रपथमा निर्माण गर्ने भनिएको मोनोरेलको औचित्य माथी नै प्रश्न उठिरहेको छ । ‘मोनोरेल संसारबाटै लोप हुन लागिसकेको छ, संसारले छाडेको प्रबिधी नेपालले निर्माण गरेर कस्तो विकास गर्न खोजेको हो ?’, रेल विभागका पूर्व सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उनले चक्रपथमा मोनोरेलको आवश्यकता नै नरहेको दावी पनि गरे । गोदावरीबाट सातदोबाटो हुँदै रत्नपार्क भएर नारायण गोपाल चोक हुँदै बुढानिलकण्ठ र नागढुंगाबाट कलंकी कोटेश्वर हुँदै बनेपा धुलिखेल मेट्रो रेल आवश्यक रहेकोमा उनले जोड दिए । (विकास न्युजबाट)

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.