‘अलोकतान्त्रिक कार्य रोक्न हामीले सांसद पदबाट राजीनामा दिनुपर्छ’

824SHARES

२९ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजीनामा दिनुपर्ने बताएका छन्। असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने बताउँदै त्यसका लागि उनले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’

बुधबार ट्वीट गर्दै रावलले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

 

छुटाउनुभयो कि?

सम्पूर्ण