अस्पतालले भन्यो–आकस्मिक हृदयघातले प्रकाश दाहालको निधन

0SHARES

३ मंसिर २०७४ नेपाल टाईम्स

माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको आकस्मिक हृदयघातले निधन भएको अस्पतालले जनाएको छ।

नर्भिक अस्पताल चिकित्सक जेपी जैसवालले पत्रकार सम्मेलनमा आकस्मिक हृदयघातका कारण प्रकाशको मृत्यु भएको बताए।

‘बिहान ५.५० बजे  यहाँ ल्याइपुर्‍याउँदा उहाँको हातगोडा चिसो भइसकेको थियो, आँखा सुन्निएको थियो र अनुहारमा कुनै ‘रिएक्सन’ थिएन,’ जैसवालले भने, ‘केही घन्टा अगाडि नै उहाँलाई आकस्मिक हृदयघात भएको रहेछ।’

उनले दुई जना गार्डले दाहाललाई अस्पताल ल्याएकाे जानकारी दिए।  इसीजी गर्दा पनि मुटुको अवस्था स्थिर रहेको उनले बताए। उनको मृत्युको कारण १ प्रतिशत ‘ब्रेन ह्याम्रेज’ भएको हुन सक्ने डा जैसवालले बताएका छन्।

विज्ञापन बक्स