अहिलेसम्म २५ लाख नेपालीले पाए कोरोनाको खोप, ७ लाख डोज खोप मौज्दातमा

105SHARES

१ जेठ , काठमाडौं ।

अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र नेपालमा २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो ।

त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ । मौज्दातमा ७ लाख डोज खोप रहेको र भेरोसेल खोप लगाउन शुरु गरिएको उनले जानकारी दिए ।

छुटाउनुभयो कि?

सम्पूर्ण