आइतबारको संवैधानिक परिषद्को वैठकमा कांग्रेस नजाने

571SHARES

२५ वैशाख, काठमाडौं । आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले भाग नलिने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आइतबारको वैठकमा भाग नलिने बताएका हुन् । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको देउवाको आरोप छ । सार्वजनिक विज्ञप्तीमा लेखिएको छ, ‘नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ,’ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले पनि आइतबारको बैठकमा सभामुख सहभागी नहुने जनाइसकेको छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण