२९ कात्तिक, काठमाडौं । मुलुकभर लक्षणसहितका कोभिड–१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या दिनप्रतिदिन बढदै गएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५० जना सघन कक्षमा राखी उपचार भइरहेको छ । आइसियुमा ३ सय ७६ र भेन्टिलेटरमा ७४ जना उपचारत छन । आइसियु (सघन उपचार कक्ष) मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्योभन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास अर्थात भेन्टिलेटरमा राखेर उपचार गरिन्छ । गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । जसअनुसार १ सय ३६ आइसियु, भेन्टिलेटरमा ४४ र होम आइसोलेसनमा ४ हजार ५ सय १८ छन । लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा १ हजार ५ सय ४९ जना छन । ाइसियुमा ६५ र भेन्टिलेटरमा ४ जना छन्। प्रदेश १ को होम आइसोलेसनमा १ सय ४, आइसियुमा ५३ र भेन्टिलेटरमा १२ संक्रमित छन । गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ३ सय ९१,आइसियुमा ९४ र भेन्टिलेटरमा १३ जना छन्। प्रदेश २ मा १३ संक्रमित आइसियुमा र भेन्टिलेटरमा १ जना उपचाररत छन्। होम आइसोलेसनमा ४३ संक्रमित छन ।
कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या ४३ पुगेको छ । आइसियुमा १० जना उपचाररत छन । त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या ७२ र आइसियुमा ५ जना संक्रमित उपचाररत छन ।