आईपीएल : रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा

14SHARES

१५ बैशाख, काठमाण्डौ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ ।

दिल्ली क्यापिटल्सलाई १ विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो ।

१७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन ।

बैंग्लोरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो ।

जितसँगै बैंग्लोर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण