११ चैत, काठमाडौं । आगामी चैत १४ गते नेवारहरुको विश्व सम्मेलन हुने भएको छ ।
चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी आगामी शनिबारका दिन काठमाण्डौको बसन्तपुरमा नेवारहरुको विश्व सम्मेलन आयोजना गरिने भएको हो । चौथो विश्व नेवार दिवस आयोजक समितिले कोभिड महामारीका कारण गएको वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ । सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरु सहभागी हुनेछन् । सोही अवसरमा आठजना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने पनि आयोजक समितिले बताएको छ ।