आज थपिए १२० कोरोना संक्रमित, ८३ जना डिस्चार्ज

156SHARES

२१ फागुन, विराटनगर । नेपालमा आज मात्र १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार ६०८ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ ।

कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । योसंगै अहिलेसम्म मृत्यु हुनेको संख्या आज पनि ३ हजार १० नै रहेको छ ।

देशभर आज सक्रिय संक्रमित ८३२ छ भने क्वारेन्टिनमा जम्मा ५८ जना मात्र छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण