आज थपिए १,४९७ संक्रमित, संक्रमितको संख्या ६९,३०१ पुग्यो

0SHARES

८ आश्विन २०७७ नेपाल टाईम्स

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जना नयाँ कोारेना संक्रमित थपिँदा ४ सय ५७ जना डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या ६९ हजार ३ सय १ पुगेको छ भने ५० हजार ४ सय ११ जना हालसम्म उपचारपछि निको भएर डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये आज १८ हजार ४ सय ३७ जना आइसोलेसनमा उपचाररत रहेका छन् भने ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा छन् ।

विज्ञापन बक्स