आज थपिए १५२ संक्रमित, ६५ जना डिस्चार्ज हुँदा थप एकको मृत्यु
753SHARES


१९ चैत, विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ५७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ८५१ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।
हालसम्म देशभर २२ लाख ७५ हजार ५४० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६३ जना रहेका छन् ।
छुटाउनुभयो कि?
सम्पूर्ण