आज थपिए २,५७१ संक्रमित, कुल सक्रिय संक्रमित ३६,१७४ पुगे

0SHARES

२४ कार्तिक २०७७ नेपाल टाईम्स

२४ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना गरी हालसम्म १ हजार १ सय २६ संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै २४ घन्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारीक वेभसाइटमा उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

आज सोमबार कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ पुगेको छ ।

विज्ञापन बक्स