आज थपिए २,८२४ संक्रमित, ३,६२० जना डिस्चार्ज

0SHARES

१६ कार्तिक २०७७ नेपाल टाईम्स

१६ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

आजै ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ । हालसम्म सक्रिय संक्रमितहरुको संख्या ३७ हजार ७ सय ६५ पुगेको छ ।

विज्ञापन बक्स