आज थपिए २९८ संक्रमित, ७४ डिस्चार्ज हुुँदा थप २ जनाको मृत्यु

772SHARES

२५ चैत, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २९८ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ७ सय ६८ पुगेको हो ।

यस्तै, २४ घण्टामा ७४ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ५ सय २९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट आज दुई जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ जना पुगेको छ ।

त्यस्तै २ हजार २ सय १ जना सक्रिय संक्रमित र ६५ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ९८ हजार १ सय ६७ पीसीआर परीक्षण भएका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण