आज थपिए ३३२ कोरोना संक्रमित, ७९ जना संक्रमणमुक्त
926SHARES


२६ चैत, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ३३२ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको हो ।
यस्तै, २४ घण्टामा ७९ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ६ सय ८ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट आज कसैको निधन भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ नै रहेको छ ।
त्यस्तै २ हजार ४ सय ५४ जना सक्रिय संक्रमित र ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २३ लाख २ हजार १ सय ७३ पीसीआर परीक्षण भएका छन् ।
छुटाउनुभयो कि?
सम्पूर्ण