आज थप १६७ जनामा संक्रमण देखिँदा ११५ डिस्चार्ज, थप ३ जनाको मृत्यु

829SHARES

१७ चैत, विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ७२७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको छ ।

हालसम्म देशभर २२ लाख ६७ हजार ४०८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५३ जना रहेका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण