आज थप १७९ जनमा संक्रमण पुष्टि, १११ जना डिस्चार्ज
813SHARES


२० चैत, विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ६४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९६२ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ३१ नै रहेको छ ।
हालसम्म देशभर २२ लाख ७९ हजार १०५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।
छुटाउनुभयो कि?
सम्पूर्ण