आज नेपालका पहिलो शहीद लखन थापाको १४३औँ स्मृति दिवस

२ फाल्गुन २०७६

२ फागुन, काठमाडौं । आज नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३औँ स्मृति दिवस ।

थापाको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका ८ को बुङ्कोटमा विभिन्न कार्यक्रम गरिँदैछ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि सहभागिता रहनेछ ।

विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुङ्कोटको काहुले भङ्गारमा थापा र उनका सहकर्मी जैसिं चूमी मगरलाई फाँसी दिएका थिए ।

थापालाई नेपाल सरकारले २०७२ साल असोज ३ गते नेपालको पहिलो शहीद भएको मान्यता दिएको हो । दिवसका अवसरमा शहीद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।

विज्ञापन बक्स