२४ जेष्ठ, काठमाडौं ।
आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी भएपछि संवैधानिक इजलास स्थगित भएको हो । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालत प्रशासनलाई आफू बिरामी भएकाले आज संवैधानिक इजलास नबस्ने जानकारी गराएका छन् ।
त्यसपछि इजलासमा रहेका अन्य न्यायाधीशलाई पनि इजलास नबस्ने जानकारी गराइएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार आफूसहित सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरेका थिए ।