आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

387SHARES

२३ चैत्र, कञ्चनपुर ।
राना थारू समुदायको होलीपछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक विदा दिइएको छ ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् ।(रासस)

छुटाउनुभयो कि?

सम्पूर्ण