आनन्द प्लास्टिक उद्योगमा आगलागी

0SHARES

२८ कार्तिक २०७४ नेपाल टाईम्स

पाटन औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगमा आगलागी भएको छ।

मंगलबार बेलुकी साढे ६ बजेबाट आगलागी सुरु भए पनि कारण खुल्न सकेको छैन। आगलागीमा मानवीय क्षति नभएको वारुणयन्त्रका अधिकारीले बताए।

ललितपुर दमकलले निभाउन नसकेपछि काठमाडौंबाट थप दुई र भक्तपुरबाट एउटा दमकल मगाइएको छ। तीनैवटा दमकलबाट आगो निभाउने प्रयास जारी छ।

विज्ञापन बक्स