आफैँले गोली हानी प्रहरी जवानद्वारा आत्महत्या

0SHARES

७ आश्विन २०७५ नेपाल टाईम्स

स्याङ्जा, असोज ७
जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् । नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जीतेन्द्र थापाले आफैँले गोली हानी आज बिहान ३ः३० बजे आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नुका कारणबारे थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

मृतक थापाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका स्याङ्जाका अनुसार घटनाका बारेमा परिवारलाई जानकारी गराइसकेको र परिवार आएपछि मात्र शव परीक्षण गरिनेछ ।

विज्ञापन बक्स