आयात प्रतिस्थापन गर्ने परियोजनामा हस्ताक्षर

0SHARES

८ भाद्र २०७५ नेपाल टाईम्स

विराटनगर : नेपाल सरकार र स्वीस सरकारसँगको सहकार्यमा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सञ्चालन गर्न बिहीबार सहमती पत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्याग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्का र सहज परियोजनाका टोली नेता जीवी बञ्जरा बीच सहमतीपत्रमा हस्ताक्षर भएको हो ।

परियोजना आयात प्रतिस्थापन र निर्यात बृद्धिमा योगदान गर्ने गरी कृषि बजारलाई दीर्घकालिन रुपमा अगाडी बढाउने ,तुलनात्मक लाभ भएको कृषि उपजको विकासमार्फत गरिबी न्युनिकरण गर्ने,वस्तचु बजारको विकास गर्नका लागि ताजा तरकारी ,मकै, र बाख्रा पालनका लागि परियोजनाले सहयोग गर्ने जनाईएको छ । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।

विज्ञापन बक्स