Nepal Times
Nepal Times
3
Shares

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज मनाङ र त्रिभुवन आर्मी खेल्दै

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज मनाङ र त्रिभुवन आर्मी खेल्दै

१३ माघ, कास्की । आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई हराएर र आर्मीले थ्रीस्टार क्लबलाई पराजित गरी अन्तिम चारमा पुगेको हो ।

आजको विजेताले पर्सि शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग उपाधिका लागि खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराएर एपीएफ उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.