इटहरीमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

0SHARES

९ असार २०७७ नेपाल टाईम्स

९ असार,सुनसरी ।
सुनसरी ईनरुवा-७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।

आज दिउँसो पौने १ बजे ईटहरी-८ खोलाटोली स्थित भित्रि सडक खण्डमा को ३९ प ५५७२ नम्बरको मोटरसाईकलले साईकलयात्री मोहमदलाई ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाईकल र चालक सागर कुशहवा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

विज्ञापन बक्स