इन्धनको मूल्य बढेपछि हवाई टिकटको मूल्य पनि बढ्यो

491SHARES

२१ फागुन, काठमाडौंँ । स्वचालित मूल्य प्रणालीअनुसार अबढाएका छन् । शुक्रवार (आज) देखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम रू ३५ देखि अधिकतम रू २२० सम्म भाडा बढेको छ ।

नेपाल आयल निगमले यही फागुन ४ गते हवाई इन्धनको मूल्य ६७ रुपैयाँ पु¥याउँदा हवाई भाडा समायोजन गरेको वायु सेवा सञ्चालक संघले बिहीवार नयाँ मूल्यसूची सार्वजनि ७२ रुपैयाँ पुगेको छ ।

हवाई शुल्क यात्रुहरूले तिर्ने कुल रकमबाट नै असुलिन्छ । संघले प्रतिलिटर ५ रुपैयाँले बढेकाले स्वचालित प्रणालीअनुसार नै फ्युल चार्ज पनि घटबढ हुने उल्लेख गरेको छ ।

यससँगै सबैभन्दा बढी वृद्धि हुनेमा काठमाडौं–धनगढी सेक्टर रहेको छ । यस सेक्टरको नयाँ सरचार्ज २२० रुपैयाँले वृद्धि भई ३ हजार १८० रुपैयाँ कायम भएको छ भने काठमाडौं–माउन्टेन सेक्टरको सरचार्ज १७० रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम भने डोटी–साँफेबगर सेक्टरको रहेको छ । यस सेक्टरमा सरचार्ज रू २० ले बढेर रू ३०० पुगेको छ । अधिकांश सेक्टरको सरचार्ज रू ४० देखि रू ६० ले बढेको संघको जारी सूचनामा उल्लेख गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण