इरानमा ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प, ५ जनाको मृत्यु

२२ कार्तिक २०७६

२२ कार्तिक, एजेन्सी । इरानमा ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प जादाँ ५ जनाको मृत्यु र १ सय २० जनाभन्दा बढी घाइते भएका छन् ।

 

शुक्रबार स्थानीय समयानुसार बिहान साढे २ बजे पूर्वी इरानको अजरबैजन प्रदेशस्थित हस्ट्रुड शहरबाट ६० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले थुप्रै घर भत्केका छन् भने घरपालुवा जनावर पुरिएका छन् । इरानको विपद् व्यवस्थापन विभागले उद्धार गर्न आठ वटा टोली खटाइसकेको जनाएको छ । ठूलो झड्कापछि पनि ४६ पटक परकम्प आएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Facebook Comments

विज्ञापन बक्स