ईदमा सार्वजनिक विदा दिने सरकारको निर्णय

0SHARES

नेपाल टाईम्स

९ जेष्ठ, काठमाडौं । ईस्लाम धर्मावलम्वीहरुको महान चाड ‘ईद-उल‐फित्र’ का दिन सार्वजनिक विदा हुने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ‘उल‐फित्र’ का दिन विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

उनले अहिले सैद्धान्तिक निर्णय अनुसार ईदका दिन विदा दिने निर्णय गरेको र ईस्लाम धर्मगुरुहरुले कुन दिन विदा दिन उपयुक्त हुन्छ भनेर तय गरेपछि मन्त्रिपरिषद्ले मिति तोक्ने बताए ।

Facebook Comments

विज्ञापन बक्स