उच्च अधिकारीहरूको सिंहदरबारभित्र सफाइ अभियानमा तीव्रता

0SHARES

१५ माघ २०७५ नेपाल टाईम्स

काठमाडौँ : सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितको उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो ।

मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङरोगनसहित सबै मन्त्रालयमा सफाइ अभियान सम्पन्न गरिसक्न तथा परिसरभित्र रहेका सबै पुराना सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।

त्यसअनुसार अहिले सबै मन्त्रालय आयोग र निकायले अभियान चलाइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

विज्ञापन बक्स