एकद्धार नीतिबाट फिल्म सुटिङको ब्यवस्था गर्ने सरकारको तयारी

0SHARES

१७ फाल्गुन २०७६ नेपाल टाईम्स

१७ फागुन,काठमाडौँ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले एकद्धार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनचेतना नेपालको छैठौं वार्षिक उत्सव तथा युवा अभिप्रेरणा, उत्प्रेरक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले फिल्म सुटिङ स्थल निर्माण गर्न र त्यसका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरी एकद्धार प्रणाली मार्फत काम हुने गरी सरकारले काम गर्न लागेको बताएका हुन् ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका खतिवडाले लेखक, कलाकार र पत्रकारहरुलाई जीवन वृति दिने व्यवस्था समेत सरकारले गरिरहेको बताए । यो क्षेत्रका प्रतिभाहरुलाई राज्यले संरक्षण गर्नेमा कुनै दुविधा नरहेको समेत मन्त्री खतिवडाको भनाई छ ।

लामो समयदेखि नेपालको आर्थिक समाजिक रुपमान्तरणमा कलाकारिताको क्षेत्र महत्वका साथ अगाडि बढेको समेत उनले बताए । मुलुकमा भएका ठूलाठूला परिवर्तनमा र नयाँ नेपाल निर्माणमा कलाकारहरुको भूमिका महत्वपूर्ण भएको समेत उनले बताए ।

विज्ञापन बक्स