एकैदिन ६ सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

460SHARES

१ वैशाख, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ८० जना र ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्र २ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ४ हजार ५६ जना सक्रिय सङ्क्रमित छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण