एकै पटक विद्यालयका सात शिक्षकको अवकाश

0SHARES

५ चैत्र २०७५ नेपाल टाईम्स

बेलबारी : मोरङको बलेबारी स्थित एक सामुदायिक विद्यालयमा ७ जना शिक्षकको एकै समयमा विद्यालयबाट अवाकाश भएपछि पठनपाठन तथा वार्षिक परीक्षा सञ्चालनमा समस्या भएको छ ।

धीरनाथ सम्फुल विश्वास माध्यामिक विद्यालय बेलबारी– १० का ६ जना अस्थायी शिक्षकहरु शिक्षा सेवा आयोगले लिएको परीक्षामा अनुतीर्ण भएपछि उनीहरु स्वतः अवकाश भएका थिए ।

त्यस्तै विद्यालयका शिक्षक भीमबहादुर विष्टले राजीनामा दिएपछि एकैसाथ विद्यालय शिक्षकबिहीन जस्तो बनेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

विज्ञापन बक्स