एमालेद्वारा नेताहरुको कार्यविभाजन, कसलाई के जिम्मेवार ?

69SHARES

१० बैशाख, काठमाण्डौ । नेकपा एमालेले २ सय ६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी तोकेको हो ।

नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत् राखिएको छ तर जिम्मेवारी भने दिइएको छैन ।

अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख रहेका छन् । महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटी इञ्चार्ज तोकिएको छ ।

विष्णु पौडेल संगठन विभाग प्रमुख, रामबहादुर थापा वाग्मती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख रहेका छन् ।

 

छुटाउनुभयो कि?

सम्पूर्ण