एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, नेपाल पक्षमाथि थप कारबाही हुने

59SHARES

१० बैशाख, काठमाडौ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । आजको बैठकमा असन्तुष्ट खनाल नेपाल पक्षमाथि थप कारबाहीको निर्णय हुनसक्ने बताइएको छ ।

यसअघि बसेको बैठकले खनाल –नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गर्ने तयारी भएको हो ।

यस्तै, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

उक्त भेटमा भएका कुराकानीको ओलीले आज बैठकमा ब्रिफिङ गर्ने पनि बताइएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायत पछिल्ला राजनीतिक घटनाका विषयमा पनि छलफल हुनेछ ।

छुटाउनुभयो कि?

सम्पूर्ण