ओखलढुंगामा शनिबारदेखि ‘पोकली झरना महोत्सव’ हुने

0SHARES

१४ कार्तिक २०७६ नेपाल टाईम्स

१४ कात्तिक, काठमाडौं ।

ओखलढुंगाको पोकली झरनास्थलमा महोत्सव आयोजना हुने भएको छ ।

पोकली झरना सेवा समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो झरनाको सौन्दर्य र महत्वलाई विश्वभर पु¥याउने उद्देश्यका साथ आगामी कार्तिक १६ र १७ गते ‘पोखली झरना महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि सूचिकृत गरेको सूचिमा नेपालकै दोस्रो उचाईमा रहेको सो झरनालाई पनि समावेश गरिएको छ ।

ओखलढुंगाको मात्रै नभएर नेपालकै पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षासहित सो झरना स्थलमा महोत्सव आयोजना गर्न लागिएको समाजका महासचिव शम्भु बरालले जानकारी दिए ।

बृहत सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने महोत्सवमा सो झरनाको सौन्दर्य लिनुका साथै स्थानीय उत्पादनहरुको पनि प्रर्दशनी हुने समाजले जनाएको छ ।

विज्ञापन बक्स