ओलीको आक्रोश – राष्ट्रपतिलाई ‘तपाईं’ पनि भन्नु हुँदैन भन्ने ठान्छन्

708SHARES

८ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाप्रति आक्रोश व्यक्त गरेका छन् ।

शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यमा राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको भन्दै ओलीले आक्रोश व्यक्त गरेका हुन् ।

‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन् । नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो’ ओलीले भने ।

सो कुरा ओलीले बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बताएका हुन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण