ओली-नेपालबीच आज पनि भेटवार्ता हुने, यी नेताहरु पनि हुँदैछन् सहभागी

399SHARES

३१ बैशाख , काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ ।

बिहीबार उनीहरूबीच चपलीहाइटस्थित रामेश्वर थापाको घरमा छलफल भएको थियो । आज पनि साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि समय तय भएको छ । तर, ठाउँ निश्चित भैनसकेको स्रोतले बतायो ।

आजको बैठकमा दुवै पक्षका अन्य नेताहरु पनि सहभागी हुने बताइएको छ । ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनेछन्।

यता, नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनेछन्।

ओली र नेपालबीच बिहीबारको भेटवार्तामा एमालेभित्रको विवाद मिलाउने सहमति भएपछि नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो ।

नेपाल पक्षले २०७५ जेठ २ को संरचनाअनुसार पार्टी अगाडि बढ्नुपर्ने अडान राखेका छन्।

छुटाउनुभयो कि?

सम्पूर्ण