२६ कात्तिक, काठमाडौं । कतारका राजकुमारले अमादब्लम हिमालको सफल आरोहण गरेका छन्।
राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो हिमालको आज सफल आरोहण गरेका हुन्।
राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए।
हिमालयन गाइड ईश्वरी पौडेलले दिएको जानकारीअनुसार राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको सफल आरोहण गरेका हुन्।