कतारबाट १४४ नेपाली स्वदेश फर्किए

0SHARES

३१ भाद्र २०७७ नेपाल टाईम्स

३१ भदौ, दोहा ।
कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपालीहरुमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा ३९ औं उडानमार्फत १४४ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडाैँका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १ महिला र १४३ पुरुष गरी १४४ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

यसअघि नेपाल एयरलाइन्सको ३८ औं उडान मार्फत १२ महिला, १ नाबालिग सहित १५० नेपाली स्वदेश फर्किएका थिए । सो उडानमा कतारमा मृत्यु भएका १ जनाको शव पनि नेपाल पठाइको थियो ।

स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

कतारबाट नेपाल एयरलाइन्सले बिहीबार(भोली) उडान गर्ने छ । यस्तै, सेप्टेम्बर २२, २४ र २५ तारिखका लगि पनि उडान तय भएको दूतावासले जनाएको छ ।

विज्ञापन बक्स