करेन्ट लगाई माछा मार्दा एकको मृत्यु तीन घाइते

0SHARES

१५ कार्तिक २०७४ नेपाल टाईम्स

झापा, कार्तिक १५
विर्तामोड नगरपालिका– २ स्थित अन्धुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्ण लिम्बू रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बिर्तासिटी हस्पिटल लैजाने क्रममा मंगmवार बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लाग्दा सोही ठाउँका १८ वर्षीय अबिशेक राई , १९ वाषर््ीय बिमल रेग्मी, र आभाष राई घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

विज्ञापन बक्स