कर्णालीमा एकै दिन २१४ जना कोरोनाबाट निको भएर डिस्चार्ज भए

0SHARES

१४ असार २०७७ नेपाल टाईम्स

१४ असार, सुर्खेत ।

कर्णाली प्रदेशमा शनिबार मात्रै २१४ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको नौमुले आइसोलेसनबाट १३२ जना, दैलेखकै डुङ्गेश्वर आइसोलेसनबाट ६३ जना, दैलेख अस्पतालबाट नौ जना, सुर्खेतका विभिन्न आइसोलेशनबाट आठ जना र रुकुम पश्चिम अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन् ।

याे सँगै कर्णालीमा शनिबारसम्म रोगबाट निको भएर घर फर्कनेहरूको सङ्ख्या ९३४ पुगेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

 गत जेठ ५ गतेदेखि कर्णालीमा कोरोना सङ्क्रमण सुरु भएको थियो भने जेठ २३ गतेदेखि निको भएकाहरू घर फर्कन थालेका थिए ।

विज्ञापन बक्स