Nepal Times
Nepal Times
3
Shares

कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्किन उच्च अदालतकाे आदेश

कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्किन उच्च अदालतकाे आदेश

३० कात्तिक, जुम्ला ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारीलाई तत्काल काममा फर्किन उच्च अदालत पाटनले आदेश दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावल र रजिस्टार नृपेन्द्र महतलाई कामकाज रोक्न लगाउने निर्णय गरेका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारीले मन्त्री खतिवडाको निर्णयलाई बदर गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न तथा पदाधिकारीलाई कामकाजमा फर्किन अन्तरिम आदेश दिएका हुन् ।

स्वास्थ्य मन्त्रीको सो निर्णय विरुद्ध कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल सहितका पदाधिकारीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.